गोर्खा र धादिंग को सीमाना (बूढी गण्डकी Hydro Power )
| बुढी गण्डकी सुरुवात को केन्द्र बिन्दु (बेनिघाट ) |
६ चैत २०७१
माननीय ऊर्जा मन्त्री राधा ज्ञवालीज्यू लगायत गोरखा तथा धादिङ जिल्लाका माननीय सभासदहरु मा. श्री चिन काजी श्रेष्ठ, मा.श्री राजेन्द्र पाण्डे, मा. श्री कमला पन्त, मा. श्री दिलमान पाख्रीन, मा. श्री गुरु प्रसाद बुर्लाकोटी, मा. श्री कृष्ण धिताल, मा. श्री धन बहादुर घले, मा. श्री आशा कोइराला, मा. श्री पशुराम तामाङ, बूढीगण्डकी जलविद्युत विकास समितिका अध्यक्ष डा. लक्ष्मी प्रसाद देवकोटा, बूढीगण्डकी जलविद्युत विकास समितिका सदस्य श्री सुरेश मरहठ्ठा, नेपाल सरकार उर्जा मन्त्रालयका सचिव श्री राजेन्द्र किशोर क्षेत्री, सहसचिव श्री केशवध्वज अधिकारी, बूढीगण्डकी जलविद्युत विकास समितिका कार्यकारी निर्देशक श्री गोपाल बस्नेत लगायत गोरखा तथा धादिङ जिल्लाका राजनैतिक दलका प्रतिनिधिहरु, स्थानिय सरोकारवालाहरु समेतको उपस्थितिमा यहि २०७१ साल चैत्र ६ गते बूढीगण्डकी जलविद्युत विकास समितिको Dam Site देखि डुवान क्षेत्रको स्थलगत, निरिक्षण भ्रमण सम्पन्न भयो ।
राष्ट्रिय आवश्यकता अनुरुप विद्युत उत्पादन गरेर विद्युतीय ऊर्जा आपूर्ति गरी जनसमुदायले भोगिरहेको लोडसेडिङको कठिनाइ कम गर्दै देशको आर्थिक तथा सामाजिक विकासमा सकारात्मक योगदान पुर्ल सरकार प्रयत्नरत रहेको छ ।
विद्युतीय ऊर्जा उत्पादन तथा प्रयोगबाट मात्र मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरण सम्भव हुने भएकाले विगतका सरकारले १० वर्ष मा दशहजार मेगावाट विद्युत उत्पादन तथा उपयोग गर्ने लक्ष्य राखेको र यसको कार्ययोजना तयार पार्न एक कार्यदल गठन गरेको थियो ।



No comments:
Post a Comment